दफा ३९
अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने
(१) ऐनको दफा १३ बमोजिम परेको उजुरीको सम्बन्धमा नियम ३८ को उपनियम
(६) - बमोजिमको प्रतिवेदनबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्नु पर्ने भएमा सम्बद्ध कसूरको अनुसन्धान गर्ने अनुसन्धान अधिकारीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको समेत अनुसन्धान गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१९ बमोजिमको ढाँचामा अनुसन्धान प्रतिवेदन तयार गरी ऐनको दफा २२ को उपदफा (१) बमोजिम सम्बन्धित सरकारी वकिल कार्यालयमा पठाउनु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सम्बद्ध कसूरको सम्बन्धमा / विशेष कानूनमा अनुसन्धान प्रतिवेदनको बेग्लै ढाँचाको व्यवस्था भएकोमा त्यस्तो कसूरसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धान प्रतिवेदन समेत त्यस्तो विशेष कानून बमोजिमकै ढाँचामा तयार गर्न बाधा पर्ने छैन।
(३) नियम ३८ बाहेक प्रचलित कानून बमोजिम सम्बद्ध कसूरमा अनुसन्धान गर्ने अनुसन्धान अधिकारीले त्यस्तो कसूरको अनुसन्धान गर्दा ऐनको दफा ३, ४क. वा ५ बमोजिमका कुनै कार्य भए वा नभएको विषयमा अनुसन्धान गरिएको व्यक्तिले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गरे वा नगरेको सम्बन्धमा समेत प्रारम्भिक जाँचबुझ गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम अनुसन्धान गर्दा प्रथम दृष्टिमै ऐनको दफा ३ को उपदफा (१) बमोजिमको कुनै कार्य भएको शङ्का गर्ने पर्याप्त आधार र प्रमाण नभएमा अनुसन्धान अधिकारीले सोही व्यहोरा खुलाई प्रचलित कानून बमोजिम सम्बद्ध कसूरको मात्र अनुसन्धान गरी अनुसन्धान प्रतिवेदन तयार गर्नु पर्नेछ ।
(५) उपनियम (३) बमोजिमको अनुसन्धानबाट सम्पत्ति शुद्दीकरण सम्बन्धी कसूर गरेको शङ्का गर्नु पर्ने पर्याप्त आधार र प्रमाण प्राप्त भएमा अनुसन्धान अधिकारीले सम्बद्ध कसूरको अनुसन्धान गर्दा समानान्तर रूपमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा समेत अनुसन्धान अघि बढाउनु पर्नेछ र ८ त्यसको जानकारी विभागलाई दिनु पर्नेछ।
(६) उपनियम (५) बमोजिम सम्बद्ध कसूर र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गरिएकोमा अनुसन्धान अधिकारीले सम्भव भएसम्म दुवै कसूरको अनुसन्धान पूरा गरी सम्बद्ध कसूरको सम्बन्धमा तोकिएको हदम्यादभित्रै मुद्दा दायर गर्नको लागि अनुसन्धान प्रतिवेदन पेस गर्नु पर्नेछ।
(७) उपनियम (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि अन्य मुलुक वा निकायक्रो .समेत समन्वयमा अनुसन्धान गर्नु पर्ने देखिएको वा अनुसन्धानमा जटिलताको कारण सम्बद्ध कसूरमा मुद्दा दायर गर्ने हदम्यादभित्रै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान पूरा _हुने अवस्था नभएमा सोको लागि लाग्ने अनुमानित समयावधि समेत खुलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धान पूरा भएपछि छुट्टै प्रतिवेदन पेस गरिने व्यहोरा जनाई सम्बद्ध कसूरको मात्र अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय समक्ष पेस गर्न सकिनेछ।
(८) ऐनको दफा १५ को उपदफा (६) बमोजिम अन्य मुलुकसँग सहयोग आदानप्रदान वा समन्वय गरी अनुसन्धान गर्नु पर्ने वा गम्भीर प्रकृतिको सम्बद्ध कसूर जोडिएको कसूरको उजुरी उपर अनुसन्धान गर्दा विभागले सम्बद्ध कसूरको अनुसन्धान गर्ने कार्यालय समेत समावेश गरी अनुसन्धान गर्न वा उजुरीसँग सम्बन्धित सम्बद्ध कसूरमा पहिले नै अनुसन्धान भइसकेको देखिएमा उजुरी परेको कार्यालयले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको समेत अनुसन्धान गर्न सम्बद्ध कसूरको अनुसन्धान गर्ने कार्यालयमा पठाउन सक्नेछ।
(९) ऐनको दफा १५ को उपदफा (२) बमोजिम विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धान सम्बन्धमा अनुसन्धान अधिकारीलाई कुनै सुझाव दिएकोमा सो सुझावलाई समेत ध्यान दिई अनुसन्धान गर्नु पर्नेछ।
(१०) विभागमा विचाराधीन उजुरी निवेदन वा सूचना थप जाँचबुझ वा अनुसन्धान गर्न विभागले सम्बन्धित अनुसन्धान गर्ने निकायमा पठाएकोमा त्यस्तो अनुसन्धान गर्ने निकायले उजुरी निवेदन वा सूचनाको सम्बन्धमा ऐन तथा यस नियमावली बमोजिम जाँचबुझ वा अनुसन्धान गर्नु पर्नेछ।